ओभानो

--

लाखौँ थोपाहरूको समुन्द्र हुँ म
यस्तो विशाल सागरको कुन अंश
कुन बेला छचल्किन्छ र तुफान आउँछ
मलाई पुर्णत: अन्दाज हुँदैन ।

Photo Courtesy of Jeremy Bishop

यि थोपाहरूको गोरेटो अनि गन्तब्य पनि बेग्लै छन्
कुनै आँशुले भिजेका छन् निथ्रुक्क
त कुनै प्रतिक्षाको रापमा सगरको बाटो लागिसके
यसरी मेरो पहिचान म बाहिर पनि रुमल्लिरहेको हुन्छ ।

सूर्यका कानेकुसीका दुई थोपा लग
या त मेरा सतहका दुई बाल्टी
तिमी मलाई उत्तिनै बुझ्ने छौ
यो विराट समुन्द्रको तिम्रो तस्बिर मधुरो नै रहनेछ ।

आफ्नै परिचयको ढाँचा खोज्न
मैले छोडेको हुँ हिमाल पहाड नदीहरू
र खन्निएको हुँ आँफै भित्र र लम्केको हुँ आकाश तिर
आफैसँगको परिचय म गहिराई र उचाई अनुरुप भिन्नै पाउँछु ।

अनि तिमी आउछौ र खोज्छौ जीवनले नछोएको मान्छे ?
बरु एक झुल्को दृश्य लेऊ अनि फर्कि हाल आएकै बाटो
यो अथाहा गहिरो समुन्द्र हो साथी
खूंखार पौडेवाजहरू पनि यहाँ डुबानमा परेका छन् ।

full collection can be read here: https://1nishbh.github.io/-

--

--